देशभर थपिए १५ जना कोरोना संक्रमित, भए ३२ जना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७९ बैशाख ८, बिहीबार १७:१४
file-photo

काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरका३ हजार ५ सय ४७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ८३ जनाको पीसीआर र एक हजार ४ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या २ सय ९८ जना पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।