अपर सोलु हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति

तु खबर संवाददाता
२०७९ बैशाख ८,बिहीबार १५:५८
file-photo

काठमाडौं । अपर सोलु हाइड्रोपावरले आइपीओ जारी गनेृ अनुमति पाएको छ । उक्त हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्ने अनुमति पाएको हो । बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको हाइड्रोपावरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

हाइड्रोपावरले जारी पूँजीको २४.५० प्रतिशत आईपीओ जारी गर्न लागेको हो । हाइड्रोपावरले स्थानीय र सर्वसाधरणका लागि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले आइपीओ जारी गर्नेछ । हाईड्रोपावरको बिक्रि प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।