ब्राउनसुगरसहित ३ जना पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख ८, बिहीबार ०९:१५

रुपन्देही । बुटवलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले ५ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का स्थानीय राजेश विश्वकर्मा, लक्ष्मण पुन र अविनाश थापा रहेका छन् ।

उनीहरुलाई गोप्य सूचनाका आधारमा नहरपुर पुगेको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ५ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । उनीहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।