हेटौंडाकोे ओम बृद्धाश्रमलाई आर्थिक रकम सहयोग

तु खबर संवाददाता
२०७९ बैशाख ७, बुधबार १५:२०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा रहेको ओम बृद्धाश्रमलाई आर्थिक रकम सहयोग गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन मकवानपुरले आफ्नो ३२ औं स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमबीच आश्रमलाई आर्थिक रकम सहयोग गरेको हो ।

स्थापना दिवसका अवसरमा कर्मचारी संगठनका अध्यक्ष यादबिन्द्र पौडेलले आश्रमका अध्यक्ष शिद्धीलाल श्रेष्ठलाई नगद १० हजार ५ सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा निजामती कर्मचारी संगठनका पदाधिकारी, सदस्यहरु, ओम बृद्धाश्रमका पदाधिकारी तथा सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो ।