पौडी खेल्न गएका एक बालक मृत फेला
धनगढी । कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका दुई बालकमध्ये एक मृत फेला परेका छन् । जिल्लाका पन्चदेवल विनायक नगरपालिका वडा नम्वर ८ का ६ वर्षीय अभिषेक जैसी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सोही ठाउँका ११ वर्षीय विराज जैसी भने अझै बेपत्ता छन् । उनको खोजी भइरहेको छ । उनीहरु सोमबार कर्णाली नदीमा नुहाउने भन्दै गएका थिए ।
