मंगलबार १३ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । केही दिनदेखि लगातार घटेको नेप्से परिसूचक आज १३ अंकले बढेको हो । यसअघि सोमबार ४१ अंकले गिरावट आएको शेयरबजार आज दोहोरो अंकले बढ्न पुगेको हो ।
आन नेप्से परिसूचक १३ लशमलव ३७ अंकले बढेर २ हजार ३५७ दशमलव २४ विन्दुमा कायम भएको छ । आज नेप्से शुन्य दशमलव ५७ प्रतिशले बढ्दो इन्डेक्स २३५७ विन्दुमा कायम हुन पुगेको छ । त्यस्तै, नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमा नै हाज हरियाली छाएको छ । आज सर्वाधिक बीमा समूहको बढेको छ । जीवन बमिा समूहको ९७.९४ रुपैयाँ र निर्जिबन बीमा समूहको ६२.४४ रुपैयाँले बढ्न पुगेको छ ।
