स्मृति दिवसको अवसरमा साहित्यकार शर्मा सम्मानित
मकवानपुर । साहित्यकार एवम् अनुवादक सिर्जना शर्मा सम्मानित भएकी छन् । पारिजातको २९ औं स्मृती दिवसको अवसरमा शर्मा नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशीसहित सम्मानित भएकी हुन् । शर्मा साहित्य संगम मकवानपुर र आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा सोमबार भएको परिजात स्मृति सम्मान समर्पण तथा रचना वाचन कार्यक्रममा सम्मानित भएकी हुन् ।
कार्यक्रम बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको प्रमुख आतिथ्य तथा साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा आरसी रिजालले हेटौंडा–१० स्थित पारिजातको अर्धकदको शालिकमा माल्यार्पण गरेका थिए ।
