निष्कर्षविहीन नै सकियो सत्ता गठबन्धनको बैठक
काठमाडौं । स्थानीय तह निर्वाचनको तालमेल तथा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार अपराह्न पुनः बैठक गठबन्धन बैठक सहमतिबिना नै सएिको एक नेताले बताए ।
गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरीलगायत सहभागी थिए ।
यसअघि आज बिहान बसेको बैठकमा दलहरुले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ– आफ्नै दावी पेश गरेका थिए । महानगर र उपमहानगरमा दलहरुले आ–आफ्नै दावी नछोडेपछि ३ घण्टा बसेको बैठक विना निष्कर्ष सकिएको थियो । सत्ता गठबन्धनको बैठक भोलि मंगलबार पनि बस्दैछ ।
