सातामा सुनको भाउ २५ सय रुपैयाँले बढ्यो

तु खबर संवाददाता
२०७९ बैशाख ३,शनिबार १६:४०
file-photo

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको भाउ प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार, अघिल्लो साताको शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको हो । अघिल्लो साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख २ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, गत साताको शुक्रबार तोलामा ९९ हजार रुपैयाँ रहेको तेजाबी सुनको मूल्य हाल १ लाख १ हजार ५०० रुपैयाँ छ । यसैगरी, यस अवधिमा चाँदीको मूल्य पनि उकालो लागेको छ । गत साताको शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबारसम्ममा प्रतितोला ६० रुपैयाँले बढ्दै १४ सय १५ रुपैयाँ पुगेको छ ।