ट्याक्टर दुर्घटना हुँदा २६ जना घाइते

तु खबर संवाददाता
२०७९ बैशाख ३, शनिबार ०८:४०

दाङ । दाङमा ट्याक्टर दुर्घटनामा हुँदा २६ जना घाइते भएका छन् । शुक्रबार साँझ भारतको उत्तरप्रदेशस्थित पाटनदेवी मन्दिरमा लागेको मेला हेर्न जाँदै गरेका रा १ त ३७० नम्वरको ट्याक्टर गढवा गाउँपालिका–८ कोइलावास नजिक भिरालो ठाउँमा दुर्घटना हुँदा २६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनसार, दुर्घटनामा घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि गएराति नै कोहलपुर अस्पतालमा पठाइएको छ । अन्य समान्य घाइतेहरूलाई लमही अस्पतालबाट डिस्चार्ज गरिएको छ ।