कांग्रेस बैठक बस्दै, महानगर र उप–महानगरबारे निर्णय गर्ने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । सो बैठकले महानगर र उपमहानगरको उम्मेदवारीबारे निर्णय गर्ने जनाइएको छ ।
सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी तालमेलको निर्णय लिने सहमति गरेपछि कांग्रेसले बैठक बोलाएको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले महानगर र उपमहानगरमा केन्द्रबाट तालमेलको निर्णय लिने सहमति गरेको थियो ।
कांग्रेसको विधानले ११ उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोटको अधिकार प्रदेश संसदीय समितिलाई दिएको छ । ६ वटा महानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार भने केन्द्रीय संसदीय समितिले चयन गर्नेछ ।
