थप १९ जनामा कोरोना संक्रमण, ४९ जना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ चैत्र ३०, बुधबार १६:५१
filr-photo

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ८५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ३ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार ३ सय ३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर ५२० जना सक्रिय संक्रमित रहेका छन् ।