मनहरीका बालबालिकालाई सहयोग
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर– २ मा ट्याङ्की दमर बालविकास केन्द्रका बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा कपडा सहयोग उपलब्ध भएको छ । श्री सीता माध्यामिक विद्यालयको शाखाको रूपमा संचालनमा रहेको ट्याङ्की दमार बालविकास केन्द्रमा अध्ययनरत रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा कपडा सहयोग उपलब्ध भएको हो ।
अष्ट्रेलियाका नागरिक मार्कुस् बेलिङ्गरको आर्थिक सहयोग तथा मनहरी निवासी जल्मा स्याङ्तानको पहलमा बालविकास केन्द्रमा शैक्षिक सामाग्री उपलब्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिए । सहयोग अन्तरगत विद्यालयका ३७ जना बालबालिकाहरुलाई ट«याक सुट तथा बालबालिकाको लागि खेलौना सामाग्री वितरण गरिएको पाख्रिनले बताए । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाख्रिनले सहयोग उपलब्ध गराउन पहल गर्ने, संयोजन गर्नेलगायतप्रति विशेष आभार व्यक्त गर्दै सहयोग सामग्री बालबालिकाहरुलाई हस्तान्तरण गरिने बताए ।
