‘जनताको अवस्था परिवर्तन गर्न माओवादी केन्द्र नेतृत्वमा पुग्नुपर्छ’

तु खबर संवाददाता
२०७८ चैत्र २७, आईतवार १६:१२

मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरको सहायक संगठन योङ कम्यूनिस्ट लिग नेपाल (वाइसिएल) हेटौंडा उपमहानगरपालिका कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आइतबार हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले मुलुकमा धेरै पटक राजनीतिक परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेको बताउँदै आम जनताको अवस्थामा परिवर्तन ल्याउन माओवादी केन्द्रलाई एक पटक फेरी मुलुकको नेतृत्व सुम्पिनुपर्ने बताइन् ।

उनले पार्टीका नेता तथा कार्यकर्ता र जनवर्गीय संगठनहरुलाई आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिइन् । निर्वाचनमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै केन्द्रीय सदस्य मोक्तानले युवाहरुलाई ढिला नगरी चुनावी अभियानमा लाग्न निर्देशन दिइन् ।

वाइसिएल नेपाल हेटौंडा नगर कमिटी अध्यक्ष सानु लामा गोलेको सभाध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेश कमिटी उपाध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, वाइसीएल बागमती प्रदेश इन्चार्ज प्रकाशचन्द्र पाण्डे , जिल्ला संयोजक सर्केस घलान, सचिव भीम पाख्रिन् , वाइसीएल बागमती प्रदेश सह–संयोजक सुमन पाख्रिन, नगर इन्चार्ज विवेक राई , बागमती प्रदेश कमिटी परिषद् सदस्य कमान सिं पाख्रिन (पृथक) , पार्टी नगर अध्यक्ष तिर्थ थापा, वाइसीएल मकवानपुर इन्चार्ज राज मोक्तान, संयोजक लवराज ठकुरी लगायतले प्रशिक्षणसहित मन्तव्य दिएका थिए ।