२७४० जनाको नमुना परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप ४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । आइतबार २ हजार ७ सय ४० जनाको कोरोना परीक्षण गर्दा ४ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ८ सय जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा र ९ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ५ सय ९२ जना पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
