बाघले बेपत्ता बनाएका धमलाको शव फेला
चितवन । बाघको आक्रमणबाट बेपत्ता भएका चितवनका एक वृद्धको शव फेला परेको छ । जिल्लाको खैरहनी नगरपालिका– १२ बस्ने ६५ वर्षीय रामप्रसाद धमलाको शव बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका धमलालाई बाघले आक्रमण गरी बेपत्ता बनाएको थियो । बेपत्ता उनको जितपुरघाटमा फेला परेको हो । बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । शव ११ः २० बजे भेटिएको हो ।
