कांग्रेस मकवानपुरको युवा तथा खेलकुद विभाग विस्तार

तु खबर संवाददाता
२०७८ चैत्र २६, शनिबार १५:५६

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको युवा तथा खेलकुद विभाग विस्तार गरिएको छ । कांग्रेस मकवानपुरका सदस्य अर्जुन तिवारीको संयोजकत्वमा रहेको विभागलाई शनिवार विस्तार गरिएकोे हो । विस्तारित विभागको सह–संयोजकद्वयमा विजय लामा थिङ र नितेश लामा तथा सचिवमा विदुर थापा, सह सचिवमा विमिरा श्रेष्ठ, कोषाध्यक्षमा संदिप पाठक रहेका छन् ।

यसैगरी, सदस्यहरुमा रितेश थापा, किशोर सुवेदी, सुदिप लामा, रविन्द्र खड्गी, बुद्ध खड्गी, सुन्दर प्रधान, वसन्त राना, संजय लामा, संजय पाठक, सूर्यबहादुर बल, रमेश कुमार थिङ, विनय ग्यालन, सौगात लामा, विजय लोप्चन, निमा लामा, गणेश दाहाल, दिनेश चौलागाई, अजय लामा, द्रोणाचार्य दाहाल, रत्न स्याङतान र रमेश कुमार थिङ रहेका छन् ।

विभागका संयोजक तिवारीको सभाध्यक्षतामा बसेको भेलामा जिल्ला सदस्य राजु खतिवडाको प्रमुख आतित्थ्यता रहेको थियो । २७ सदस्यी विभागसँगै मकवानपुरको १० वटै स्थानीय तह र दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभामा विभागको संयोजक समेत तोकिएको छ ।

भेलामा महासमिति सदस्य राजेश भेटवाल, तरुण दल मकवानपुरका उपाध्यक्ष निराजन बर्तौला, सचिव सचित थापा, पूर्व कोषाध्यक्ष रविन्द्र घिमिरे, तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ का अध्यक्ष विकेशलाल श्रेष्ठलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।