राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्दो, मासिक ४ लाखको आवेदन
काठमाडौं । नेपालमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्न थालेको छ । सरकारले राहदानी लिनको लागि अनिवार्य गरेपछि राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।
विभागका अनुसार, यसअघि परिचयपत्र बनाउनेको संख्या गन्न सकिने अवस्थामा रहेको भएपनि पछिल्लो समय मासिक ४ लाखले आवेदन दिने गरेको छ । पहिलो चरणमा राहदानी लिनको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको सरकारले अब विस्तारै सवारी चालक अनुमति पत्र लाइसेन्स लगायतका परिचयपत्र लिनको लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ ।
राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता, विवाहित भए विवाह दर्ता र नागरिकतामा भएको ठेगाना परिवर्तन भएको भए बसाईसराइको कागजपत्र पेश गर्नुपर्नेछ ।
