४१५५ जनाको नमुना परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ चैत्र २६, शनिबार १६:१८
file-photo

काठमाडौं । नेपालमा थप १३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ५५ जनाको नमुना परी गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ।

मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट गरिएको परीक्षणमा १२ तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६३७ जना पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।