राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अध्यक्षमा भृगु कार्की
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) मकवानपुरको अध्यक्षमा भृगु कार्की चयन भएका छन् । आज भएको राप्रपा नेपाल मकवानपुरको संयुक्त बैठकले कार्कीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
यसैगरी, बैठकले बिनोद लामिछानेको नेतृत्वमा ३१ सदस्यीय राप्रयुसं हेटौंडा नगर कार्यसमिति पनि निर्माण गरेको छ । बैठकमा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्यहरु क्रमशः बालकृष्ण कार्की र अम्बिका खतिवडा, जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो ।
