हतियारसहित ३ जना पक्राउ
पर्सा । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका ५५ वर्षीय रामजी ठाकुर रहेका छन् ।
उनीहरुलाई सशस्त्र प्रहरीको टोलील लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित बिहीबार पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं १३ गणका अनुसार उक्त हतियार मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
