समाचार

प्रधानमन्त्री देउवाले बोलाए सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान ११ः३० बजे बस्ने गरी बोलाइएको हो । प्रधानमन्त्री तथा काग्रेस सभापति देउवाले काग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बारा । बाराको पचरौता नगरपालिका वडा नम्वर ९ कुडवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तेलकुवाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बि.आर.०५ ए.एस. ७५८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई नहरमा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा...

मकवानपुरमा टाइफाइडविरुद्धको खोप आजबाटः स्वास्थ्यमन्त्री खतिवडाद्वारा अभियान प्रारम्भ हुने

मकवानपुर । राष्ट्रिय खोप अभियान अन्तरगत आजबाट मकवानपुरसहित देशैभर टाइफाइड रोगविरुद्धको खोप अभियान प्रारम्भ हुने भएको छ । १५ महिनादेखि १५ बर्षसम्म उमेर समूहका बालबालिकाहरुलाई टाइफाइड रोग संक्रमणको संभावना उच्च हुने भएकोले पहिलो चरणमा आजबाट लक्षित बालबालिकाहरुलाई खोप प्रदान गर्न लागिएको हो । खोप अभियानबाट मकवानपुरका १ लाख ८...

निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने भएका छ । आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो । आचारसंहिता लागू भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा...

यस्तो रहनेछ आजको मौसम

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका केही स्थान, बागमती प्रदेश र गण्डकी प्रदेशका...

शिक्षक भलिबल आजबाट सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता आज (शुक्रबार) बाट सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको आयोजनामा प्रथम नगरस्तरीय भलिबल प्रतियोगिता संचालन हुन लागेको हो । प्रतियोगितामा ११ टिम सहभागी छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरस्थित भलिबल कोर्टमा संचालन भइरहेको उक्त प्रतियोगिताको पहिलो खेल...

गैसस बागमतीको अध्यक्षमा मकवानपुरकी पाठक

मकवानपुर । गैरसरकारी संस्था (गैसस) महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा मकवानपुरकी आरती पाठक निर्वाचित भएका छन् । बिहीबार हेटौंडामा सम्पन्न दोस्रो अधिवेशनबाट पाठकको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । प्रदेश समितिको उपाध्यक्षमा मकवानपुरकै कमलकुमार बिश्वकर्मा, सचिवमा नरेश कुमार श्रेष्ठ, सहसचिवमा मीनकुमार केसी र कोषाध्यक्षमा सुमित्रा चेपाङ चयन...

जन्मदिनको अवसरमा वृद्धवृद्धाहरुलाई फलफूल सहयोग

मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल र नगद सहयोग गरिएको छ । नेपाली कांग्रेस हेटौडा–१७ का सभापति नवराज न्यौपानेले आफनो ४२ औं जन्मदिनको अवसरमा उक्त वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल र नगद सहयोग गरेका हुन् । श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रम, हेटौडा–१७ का सचिवसमेत...

बागमती प्रदेश : आजबाट टाइफाइडविरुद्धको खोप प्रदान गरिने

मकवानपुर । बागमती प्रदेशमा आज (शुक्रबार) देखि टाइफाएडविरुद्धको खोप अभियान सुरु हुने भएको छ । राष्ट्रिय खोप अभियानअन्तर्गत बागमती प्रदेशमा पनि आजबाट १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकाहरुलाई टाइफाइड रोगविरुद्धको खोप प्रदान गर्न लागिएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाले जनाएको छ । निर्देशनालयले टाइफाइडविरुद्धको खोप अभियान आगामी बैशाख...

विद्युत नियमन आयोगका सदस्य डंगोलद्वारा सपथ ग्रहण

काठमाडौं । नेपाल सरकारको विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले सपथ ग्रहण गरेका छन् । नवनियुक्त सदस्य डंगोललाई आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बिहीबार कार्यालयमा स्वागत गर्दै सपथ ग्रहण गराएका हुन् । आयोगका तत्कालिन सदस्य रामकृष्ण खतिवडाले २०७७ असार १ गते राजिनामा दिएपछि रिक्त पदमा...