समाचार
सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने सरकारको तयारी
काठमाडौं । सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरूमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिए । उनले खर्बौं रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल...
जनतालाई सेवा दिने काममा ढिलासुस्ती नगर्न मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ । उधोग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजनामा चालु आर्थिक बर्ष २०७८/०८० को दोस्रो चौमासिक प्रगति समिक्षा तथा आगामी आर्थिक वर्ष २०७९/०७० को वार्षिक योजना तर्जूमा गोष्ठी सम्पन्न भएको छ । बुधबार र विहिबार २ दिनसम्म संचालित गोष्ठीमा चालु आवको दोस्रो चौमासिक प्रगतिबारे सरोकारवालाहरुबीच छलफल भएको थियो...
प्रधानमन्त्रीद्वारा टाइफाइडविरुद्धको खोपको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको बिहीबार उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले एक महिना संचालन हुने उक्त खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी बैशाख २५ गतेसम्म संचालन हुनेछ । यो अभियानको क्रममा...
पल शाहलाई अर्को मुद्दामा पनि थुनामा राख्ने आदेश
काठमाडौं । अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । यसअघि जिल्ला अदालत, तनहुँको आदेशबाट शाह कारागार चलान भइसकेका थिए । अर्को मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश...
कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
काठमाडौं । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय एक बालकको मृत्यु भएको छ । बुधबार साँझ बा १६ च ३६८७ नम्बरको कारले ठक्कर दिंदा बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरी रहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ...
स्थानी चुनाव : निर्वाचन अधिकृतको हेरफेर (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० मा हुने स्थानीय तहको चुनावको लागि तय भएको निर्वाचन अधिृकतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको छ । आयोले बुधबार एक सूचना जारी गर्दै स्थानीय तहको चुनावमा खटाइने ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको जानकारी गराएको हो । विभिन्न कारणले ७१ निर्वाचन अधिकृत...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सर्दैन : मन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत भएको बताएका छन् । मन्त्री लामाले मकवानपुरका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुसंग मन्त्रालयमा छलफल गर्दै उक्त प्रतिष्ठान कुनै पनि अवस्थामा हेटौंडाबाट नसर्ने बताएका हुन् । हेटौँडा अस्पतालबाट अलग गरेर...
आजको मौसम : सामान्यतया सफा रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी...
३ महिनामा ३५ हजारभन्दा बढीले लिए विदेश पढ्न जाने अनुमति
काठमाडौं । पछिल्लो ३ महिनामा ३५ हजारभन्दा बढीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । नेपालमा पछिल्लो ३ महिनामा ३५ हजार ७५४ जनाले उच्च शिक्षा अध्ययनका लागि एनओसी लिएको वैदेशिक अध्ययन अनुमति पत्र शाखा केशरमहलले जानकारी दिए । शाखाका अनुसार सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म विभिन्न देशमा...
सर्लाहीमा गोली हानेर युवकको हत्या
जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा गोली हानेर एक युवकको हत्या भएको छ । हत्या हुनेमा भारत बिसनपुरका अन्दाजी ३५ वर्षका इन्दल कुमार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार साँझ ७ : ४० बजेतिर मलगंवा नगरपालिका–९ मा थियो । उनीमाथि भारतीय नागरिकले नै गोली हानेको...










