३ महिनामा ३५ हजारभन्दा बढीले लिए विदेश पढ्न जाने अनुमति
काठमाडौं । पछिल्लो ३ महिनामा ३५ हजारभन्दा बढीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । नेपालमा पछिल्लो ३ महिनामा ३५ हजार ७५४ जनाले उच्च शिक्षा अध्ययनका लागि एनओसी लिएको वैदेशिक अध्ययन अनुमति पत्र शाखा केशरमहलले जानकारी दिए ।
शाखाका अनुसार सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म विभिन्न देशमा विद्यावारिधि तथा एमफिलका लागि ५८ जना, स्नातकोत्तर तहको लागि ३ हजार ४४१ जना र स्नातक तह (ब्याचलर) अध्ययनका लागि ६ हजार ९४ जनाले अध्ययन अनुमति पत्र लगेका छन् ।
त्यस्तैगरी डिप्लोमा ८ हजार ६१०, भाषा पढ्न जानेहरु (कुनै देशहरुमा भाषिक कोर्ष पुरा गरेपछि मात्रै शैक्षिक कोर्ष पढ्ने पाउने व्यवस्था भएका देशहरुमा जाने) ६ हजार ६०४ छन् भने विभिन्न विषयहरु अध्ययन गर्न जानेहरु १० हजार ९४७ जना छन् ।
