सर्लाहीमा गोली हानेर युवकको हत्या

तु खबर संवाददाता
२०७८ चैत्र २४, बिहीबार ०८:०२

जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा गोली हानेर एक युवकको हत्या भएको छ । हत्या हुनेमा भारत बिसनपुरका अन्दाजी ३५ वर्षका इन्दल कुमार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार, बुधबार साँझ ७ : ४० बजेतिर मलगंवा नगरपालिका–९ मा थियो । उनीमाथि भारतीय नागरिकले नै गोली हानेको हो । गोली लागेर गम्भीर घाइते भएका कुमारको उपचारका क्रममा मृत्यु भएको हो । उनी आपराधिक पृष्ठभूमिकै रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले मृतकको मोवाइल फेला पारेको छ । जसमा उनको हत्या हत्या गर्ने भन्दै धम्कीपूर्ण सन्देशहरु पठाइएका छन् । घटनास्थलबाट बरामद गोलीको खोका हेर्दा पेस्तोलबाट गोली हानेको देखिएको प्रहरीले जनाएको छ ।