शिक्षक भलिबल आजबाट सुरु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता आज (शुक्रबार) बाट सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको आयोजनामा प्रथम नगरस्तरीय भलिबल प्रतियोगिता संचालन हुन लागेको हो ।
प्रतियोगितामा ११ टिम सहभागी छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरस्थित भलिबल कोर्टमा संचालन भइरहेको उक्त प्रतियोगिताको पहिलो खेल गोरक्षनाथ मावि र र जयज्योति माबिबीच प्रतिस्प्रर्धा हुँदैछ ।
