जन्मदिनको अवसरमा वृद्धवृद्धाहरुलाई फलफूल सहयोग
मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल र नगद सहयोग गरिएको छ । नेपाली कांग्रेस हेटौडा–१७ का सभापति नवराज न्यौपानेले आफनो ४२ औं जन्मदिनको अवसरमा उक्त वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल र नगद सहयोग गरेका हुन् ।
श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रम, हेटौडा–१७ का सचिवसमेत रहेका न्यौपानेले आफनो जन्मदिनको अवसरमा वृद्धवृद्धाहरुलाई सहयोग गर्न पाउँदा आफूलाई अत्यन्त खुशी लागेको बताउँदै आगामी दिनहरुमा पनि बृद्धवृद्धाहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रमका अध्यक्ष लक्ष्मण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, सञ्चारकर्मी भीमसेन पौडेललगायतको उपस्थिति रहेको थियो ।
