क्यूपेक नेपालको आयोजनामा प्रभातफेरी

तु खबर संवाददाता
२०७८ चैत्र २५, शुक्रबार १६:५३

मकवानपुर । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) मकवानपुरको आयोजनामा हेटौंडामा प्रभातफेरी कार्यक्रम भएको छ । क्यूपेक मकवानपुरले सातौँ जिल्ला अधिवेशनको अवसरमा आज (शुक्रबार) प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

हेटौंडाको हुप्राचौरबाट सुरु भएको प्रभातफेरी हेटौंडा बजारहुँदै हेटौंडा–५ स्थित पिप्ले पोखरा सामुदायिक वनको कार्यलयमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रम क्युपेक नेपाललका प्रतिनिधि नरनाथ लुईटेलको प्रमुख आतिथ्यता तथा क्यूपेक मकवानपुरका अध्यक्ष प्रताप राईको अध्यक्षतामा भएको हो ।