समाचार
निर्वाचन आयोग गर्यो मतदानस्थलको विवरण सार्वजनिक (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कायम मतदानस्थलको विवरण सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने सो निर्वाचनका लागि आयोगले सोमबार मतदानस्थलको विवरण सार्वजनिक गरेको हो । हेर्नुहोस् मतदान स्थलको विवरण ।
अवैध लागूऔषधसहित गुरुङ पक्राउ
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटबाट करिब १३ केजी अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुबिभ्याली गाउँपालिका–७ बस्ने २९ वर्षीय धनबहादुर गुरुङ रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।...
१९ किलो चाँदीसहित भारतीय नागरिक प्रहरीको फन्दामा
काठमाडौं । सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झा रहेका छन् । प्रहरीका अनुसार, शरीरको विभिन्न भागमा लुकाएर साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जाँच गर्दा उक्त परिमाणको चाँदी भेटिएकोलेले उनलाई...
पाकिस्तानमा सैन्य हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु
पाकिस्तान । पाकिस्तानमा सेनाको एक हेलिकप्टर आइतबार राति बलुचिस्तानको खोस्तनजिक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुई पाइलटसहित ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाइलट मेजर मोहम्मद मुनीब र पाइलट मेजर खुर्रम शहजादका साथै क्रू सदस्य नायक जलील, सुबेदार अब्दुल वहीद र सिपाही...
थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । देशभर थप ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, यही अवधिमा थप ८४...
नेपाली कांग्रेस : कोइराला पक्षले केन्द्रीय कार्यालयमा धर्ना दिने
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना गर्ने भएको छ । सोमबार विहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको हो । कोइराला पक्षका नेता डिल्लीराम सुवेदीका अनुसार असोज १४ गतेसम्म समानुपातिक बन्दसूची सच्याउन आग्रह गरेको छ...
देशभर डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु
काठमाडौं । देशभर डेंगु सङ्क्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ । गत साउन महिनामा पहिलोपटक डेंगु पुष्टि भएयता हालसम्म ३२ जनाको डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार, हालसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय लक्ष्मण साह हलुुवाई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार। मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा प्रदेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । यस्तै, प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बाँकी...
चट्याङ लागेर एक जनाको मृत्यु
काठमाडौं । पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सेको छैन । घाइतेहरु दबै जनाको उपचार भइरहेको...










