नेपाली कांग्रेस : कोइराला पक्षले केन्द्रीय कार्यालयमा धर्ना दिने

तु खबर संवाददाता
२०७९ आश्विन १०, सोमबार १६:०१

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना गर्ने भएको छ । सोमबार विहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको हो ।

कोइराला पक्षका नेता डिल्लीराम सुवेदीका अनुसार असोज १४ गतेसम्म समानुपातिक बन्दसूची सच्याउन आग्रह गरेको छ । आजको बैठकमा उपसभापति धनराज गुरुङको विरोध भएको थियो । सभापति शेरबहादुर देउवाप्रति नरम देखिएको भन्दै गुरुङको आलोचना भएको थियो ।