समाचार
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
जनकपुरधाम । धनुषामा सिलौटा प्रहार गरी एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ मुसहरी टोल बस्ने ३५ वर्षीया आशा देवी सदाको मसाला पिध्ने सिलौटाले हानेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मृतका श्रीमान रेविया...
आजबाट निर्वाचन आचारसंहिता लागू, के–के गर्न पाइदैन ?
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत...
सत्ता गठबन्धनको शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा सात वटै प्रदेशको सिट बाँडफाँट टुंगो लगाउने कार्यदलका सदस्य रकम चेम्जोङले जानकारी दिए । उनका अनुसार मंगलबार बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । उनका अनुसार,...
आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको उपासना गरिँदै
काठमाडौं । नवरात्रको तेस्रो दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल...
सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ र कपुरकोटमा रा १ ज ५६३ नम्वरको जीप गएराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा जीप चालक...
मकवानपुरमा थप १८५ जना डेंगु संक्रमित थपिए, सबैभन्दा धेरै हेटौंडाका
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १८५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ एकैदिन १५३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, मकवानपुरगढी गाउँपालिकाका ५ जना, बागमती गाउँपलिकाका ३ जना, कैलाश गाउँपालिकाका...
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
वीरगञ्ज । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा वीरगञ्जमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका वडा नम्वर ५ का घर भई वीरगञ्ज बस्दै आएका ताज मिया रहेका छन् । वीरगञ्ज– ११ श्रीपुर स्थित अल्पाइन स्कूलमा उनले नेपाली विवषय पढाउँदै आएका थिए । पढाउने बाहनामा संवेदनशील अंगमा...
शिक्षा क्षेत्रमा लगानी बढाउँदै उपमेयर बानियाँ
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले शिक्षा क्षेत्रमा आफ्नो व्यक्तिगत लगानी बढाउँदै लगेका छन् । हेटौंडा–५ को वडा अध्यक्षहुँदा शिक्षा र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिएको उनले उपमेयर भएसँगै शिक्षामा बढी जोड दिए । शिक्षाबाटै समाज रुपान्तरण र परिवर्तन सम्भव भएकोभन्दै उनले शिक्षा क्षेत्रमा लगानी बढाएको बताए ।...
थप ५४ जनामा कोरोना संक्तमण पुष्टि
काठमाडौं । नेपालमा थप ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८२९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टिजेन विधिबाट १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा थप ७६ जना...
निर्वाचन आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने
काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दललगायत विभिन्न सरोकारवाला पक्षले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी हुन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । गत आइतबार आयोगले...









