सत्ता गठबन्धनको शीर्ष नेतासहित कार्यदलको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।
बैठकमा सात वटै प्रदेशको सिट बाँडफाँट टुंगो लगाउने कार्यदलका सदस्य रकम चेम्जोङले जानकारी दिए । उनका अनुसार मंगलबार बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो ।
उनका अनुसार, ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यतिबेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ । सातै प्रदेशमा सबै दलले आफ्नो दाबी पनि राखेको उनको भनाई छ ।
