आजबाट निर्वाचन आचारसंहिता लागू, के–के गर्न पाइदैन ?

तु खबर संवाददाता
२०७९ आश्विन १२, बुधबार ०९:००

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने छ ।

गत आइतबार आयोग​ले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारेमा छलफल गरेको थियो ।

साथै आयोगले दलका प्रतिनिधिहरूलाई आफ्नो दल निर्वाचन आचार संहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।

के–के गर्न पाइदैन ?

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab