समाचार
एमाले सचिवालय बैठक बिहीबार बस्ने
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बिहीबार बस्ने भएको छ । बैठक बिहीबार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने भएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न बैठक बोलाइएको पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।...
थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने...
अख्तियारद्वारा बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगको हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमिरेले बुधबार एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/०७९ को ३२ औं वार्षिक प्रतिवेशन...
हेटौंडाका पाँच जनालाई ह्वीलचियर सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले शारीरिक रुपमा अशक्त भई हिँड्डुलमा समस्या व्यहोर्दै आएका नगरभित्रका पाँच जनालाई ह्वीलचियर सहयोग गरेको छ । बुधबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले नगरभित्रका ४ वटा वडाका ५ जनालाई ह्वीलचियर हस्तान्तरण गरेकी हुन् । ह्वीलचियर प्राप्त गर्नेहरुमा क्रमशः हेटौंडा–१४ का मानबहादुर बल, हेटौंडा–१३ का...
बुधबार शेयर बजारमा झिनो अंकको सुधार
काठमाडौं । बुधबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७ को विन्दुमा कायम हुन पुगेको छ । त्यस्तै, नेप्सेमा सूचीकृत २२१ कम्पनीको १३ लाख ७० हजार ४७७ कित्ता शेयर किनबेच हुँदा आज जम्मा ४८ करोड ५४ लाख रुपैयाँको मात्रै कारोबार भएको...
प्रदेश प्रमुखद्वारा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बुधबार एक वटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेकोे प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेश प्रमुख कार्यालयका अनुसार, उनले नेपालको संविधानको धारा २०२ को उपधारा १...
सहयोगी मन नेपालले मनायो चौथो स्थापना दिवस
मकवानपुर । सहयोगी मन नेपालले चौथोे स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष केदारप्रसाद चौलागाईंको सभाध्यक्षता एवम् बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले सहयोगी मन नेपालले बहन गर्दै आएको सामाजिक उत्तरदायित्वप्रति खुलेर प्रशंसा गरे । ‘कठिन परिस्थितिमा पनि...
लागूऔषधसहित ३ जना प्रहरीको फन्दामा
झापा । झापाको बिर्तामोड–५ पाथिभरा टोलबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर १३ ग्रामसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा इलाम माई नगरपालिका २ बस्ने वर्ष २२ का केबिन्द्र गोले, सोही स्थानका वर्ष २७ का गोम्बु दोर्जे गोले र...
बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या २०५४४ पुग्यो
मकवानपुर । बागमती प्रदेशमा डेंगू संक्रमितको संख्या साढे २० हजार नाघेको छ । प्रदेशमा हालसम्म २० हजार ५४४ जनामा डेंगु संक्रमण पुष्टि भएको निर्देशनालय बागमती प्रदेशले जनाएको छ । प्रदेशको मकवानपुरसहित काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र धादिङ जिल्लामा डेंगु संक्रमण रोग नियन्त्रणभन्दा बाहिर जान थालिएको छ । डेंगुबाट प्रभाबित...
आजको मौसम : चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । जसको प्रभावले आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा...










