समाचार

मकवानपुरमा ११२ जना डेंगु संक्रमित थपिए, हेटौंडामा मात्रै ९४ जना

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ ९४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, मकवानपुरगढी गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका ४ जना र भीमफेदी गाउँपालिकाका...

देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १०७७ पुग्यो

काठमाडौं । हाल देशभर कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमित १ हजार ७७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ४५ जना संक्रमित थपिएसँगै सक्रिय संक्तमितको संख्या १ हजार ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा २ हजार ६७८ जनामा गरिएको परीक्षणका...

थप ५४० जनामा डेंगु संक्रमण पुष्टि, थप दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकैैदिन २ जनाको मृत्यु भएको छ भने ५४० जनामा डेंगु संक्रमित थपिएका छन् । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार, साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ ।...

दुर्घटनामा परेर मकवानपुरका लामाको मृत्यु, न्यौपाने घाइते

जुम्ला । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर घर भएका चालक अविनाश लामा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । बुधबार जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्यूलाबाट स्याउ लिएर सुर्खेत जाँदै गरेको बागमती प्रदेश, ०३००१ ख २१६४ नम्वरको ट्रक हिमा गाउँपालिका–१...

बिहीबार १६ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात् दशैं विदाको कारोबारको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० कित्ता शेयर किनबेच हुँदा ६३ करोड २४ लाख...

आफ्नै भतिजको हत्या गरेको आरोपमा काका पक्राउ

धनुषा । धनुषामा आफ्नै ४ वर्षीय भतिज अनुष पासवानको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई भतिज हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको...

बागमती प्रदेश प्रमुख शर्माद्वारा शोक प्रकट

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेकी आमाको निधनले आफुलाई दुःखी बनाएको बताएका छन् । प्रदेश प्रमुख शर्माले आज एक शोक वक्तव्य प्रकाशित गर्दै मुख्यमन्त्रीको आमाको निधनको समाचारले आफुलाई स्तब्ध बनाएको बताए । साथै प्रदेश प्रमख शर्माले जारी गरेको विज्ञप्तिमा यस दुःखद् घडीमा...

नवोदय शिशु सदनको आयोजनामा शुभकामना आदानप्रदान

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा बिहीबार विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना भएको छ । कार्यक्रम विद्यालयका प्रिन्सिपल सकुन्तला जोशीको अध्यक्षता एवम् विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल...

हेटौंडामा सवारी दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडामा बुधबार सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ तिनताप्केस्थित पूर्व–पश्चिम सडकखण्डमा दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९१२३ नं.को माटरसाइकल र विपरित...

करेन्ट लागेर एक महिलाको मृत्यु

रौतहट । रौतहटमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । करेन्ट लागेर जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाकी ५० वर्षीया जसोधियादेवी महतोको मृत्यु भएको हो । महतोको बुधबार साँझ आफ्नै खेतमा लगाइएको बालीलाई जंगली जनावरबाट बचाउन लगाएको विद्युतको तारबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो...