समाचार

कात्तिक ५ गतेसम्ममा हातहतियार बुझाउन मकवानपुर जिल्ला प्रशासनको निर्देशन

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कात्तिक ५ गतेसम्ममा हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गरी इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको हो । गृहमन्त्रालयको निर्देशन अनुसार सो सूचना जारी गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत गुणराज प्रसाद न्यौपानेले जानकारी...

मकवानपुरमा थप ९३ जना डेंगु संक्रमित थपिए

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, थाहानगरपालिकाका १९ जना, मकवानपुरगढी, कैलाश र इन्द्रसरोवर गाउँपालिकाका १/१ जना, मनहरी...

ट्रकले किच्दा एक जनाको मृत्यु

चितवन । चितवनमा मोटरसाइकल आफै अनियन्त्रित भइ सडकमा खसेका व्यक्तिको ट्रकले किचेर मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले किचेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साह रहेका छन् । उनको ट्रकले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले...

बागमती प्रदेशको ४३ सिटमा कांग्रेसको दाबी

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका ६६ सिटमध्ये ४३ मा दाबी गरेको छ । सत्ता गठबन्धनभित्र भइरहेको प्रदेशसभा सिट बाँडफाँट छलफलमा कांग्रेसले ४३ सिटमा दाबी गरेको हो । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले ४३ वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको दाबी रहेको बताए । कांग्रेसले बागमती प्रदेशमा माओवादीलाई १५...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मधेस र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ...

सत्ता गठबन्धनको बैठक आज पनि बस्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् । आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले...

दुर्घटनामा परेर युवकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–७ को हरैया पुलस्थित भित्री सडकखण्डमा प्रदेश २–०२००३ प ७६७९ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय विवेक महत रहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीका...

आज नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं । नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गा मध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपीठमा आज दुर्गाको स्कन्दमाता स्वरूपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो । स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको...

एमाले मकवानपुरद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

मकवानपुर । नेकपा एमाले मकवानपुरले बिहीबार हेटौंडामा बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत एवम् छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुरका इन्चार्ज रामेश्वर राना र पार्टीका जिल्ला...

हेटौंडामा निःशुुल्क स्वास्थ्य परीक्षण

मकवानपुर । नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरले बिहीबार हेटौंडामा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना गरेको छ । प्रतिष्ठानले विश्व मुटुु दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना गरेको हो । हेटौंडाको भुटानदेवी मन्दिर परिसरमा भएको शिविरमा ११० जनाले सेवा लिएको प्रतिष्ठान मकवानपुरका...