समाचार

समानुपतिक बन्दसूची संशोधनको समय सीमा आज सकिँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची संशोधनको समय सीमा आज सकिँदैछ । असोज २ र ३ गते निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले संशोधित सूची बुझाउन आज अन्तिम मिति आज सकिने भएको हो । आयोगले बन्दसूचीको प्रस्तावमाथि...

आज फूलपाती भित्राइँदै, हेटौंडाको भुटनदेवी मन्दिरमा भक्तजनहरुको भिड (फोटोफिचर)

मकवानपुर । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । सोही अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडास्थित भुटनदेवी मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भिड देखिएको छ । नवरात्रको आज सातौ दिन अर्थात फूलपाती विभिन्न...

पत्रकार र जनप्रतिनिधिबीच फुटबल प्रतियोगिता, बिजेतालाई ४ किलोको भाले

मकवानपुर । मकवानपुरको मनहरीमा शनिबार पत्रकार र जनप्रतिनिधिबीच भएको फुटबल प्रतियोगिताको विजयी जनप्रतिनिधि बनेका छन् । प्रेस सेन्टर नेपाल मनहरीले आयोजना गरेको खेलमा पत्रकारको टिमलाई ७–० अन्तरले पराजित गर्दै जनप्रतिनिधिले जित हासिल गरेको हो । मनहरी –७ रमौलीमा रहेको प्रस्तावित क्षेत्रीय मदन भण्डारी रंगशालामा भएको प्रतियोगिताको विजयी टिमलाई ४...

भीमफेदी कारागारका कैदीबन्दीलाई खसीसहित खाद्य सामग्री सहयोग

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई खसीसहित खाद्य सामग्री सहयोग गरेको छ । शनिबार पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले कारागारमै पुगेर १ ओटा खसी, १० बोरा चामल र २ कार्टुन तेल हस्तान्तरण गरेका हुन् । कारागारमा रहेका कैदीबन्दीलाई दशैं मान्न राहत मिल्छ भनेर...

लागूऔषधसहित बसका चालक पक्राउ

डोटी । डोटीको दिपायलमा लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका–१ बस्ने २९ वर्षीय खडकबहादुर कलेल रहेका छन् । उनलाई प्रहरीले शुक्रबार राति दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट करिब ३ ग्राम ८३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो । पक्राउ परेका कलेल...

बुहारीको कुटपिटबाट वृद्धको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ पिपलचोक बस्ने ७० वर्षीय खटर मण्डलको कुटपिटबाट मृत्यु भएको छ । उनको आफ्नै बुहारी ३५ वर्षीया गुड्डी मण्डलको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गुघटनाको खबर पाउनासाथ प्रहरी चौकी चिरौलीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।...

दसैंमा साटिए ५५ अर्बका नयाँ नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैंमा ५५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटेको जनाएको छ । जसमध्ये १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना दरका र ३९ अर्ब रुपैयाँ बराबरका पाँच सय र हजार दरका नोट साटिएको हो । बैंक तथा वित्तीय संस्थाहरूले भने असोज २ गतेदेखि...

दुर्घटनामा परेर एक जनाको मृत्यु

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक पुरुषको सनाखत...

मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालय हेटौंडा उपमहानगरपालिका वडा नम्वर– २ स्थित जिल्ला विकास समिति (साविकको) भवनमा शनिबार स्थापना गरिएको हो । उक्त निर्वाचनको लागि...

हत्याको आरोपमा मकवानपुरकी महिलासहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट उद्योगक संचालकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गार्मेन्ट उद्योगक संचालक सर्लाहीका मोहम्मद दर्जीको हत्या गरेको आरोपमा मकवानपुरका एकसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पर्साको वीरगञ्जका २१ वर्षीय महोरम मिया, सोही...