दुर्घटनामा परेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन १५, शनिबार १५:२४

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक पुरुषको सनाखत हुन सकेको छैन । सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टिएर दुर्घटना भएको हो । उक्र दुर्घटनामा परेर अन्य ७ जना घाइते भएका छन् ।

दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए । घाइतेमध्ये पाँच जनाको अवस्था जटिल रहेको छ भने दुईको अवस्था सामान्य प्रहरीले जनाएको छ ।