लागूऔषधसहित बसका चालक पक्राउ
डोटी । डोटीको दिपायलमा लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका–१ बस्ने २९ वर्षीय खडकबहादुर कलेल रहेका छन् ।
उनलाई प्रहरीले शुक्रबार राति दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट करिब ३ ग्राम ८३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो । पक्राउ परेका कलेल बस चालक हुन् ।
इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले सु.प.प्र.०१००१ ख २८२६ नम्वरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बसका चालक कलेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
