पत्रकार र जनप्रतिनिधिबीच फुटबल प्रतियोगिता, बिजेतालाई ४ किलोको भाले

तु खबर संवाददाता
२०७९ आश्विन १५,शनिबार १७:३४

मकवानपुर । मकवानपुरको मनहरीमा शनिबार पत्रकार र जनप्रतिनिधिबीच भएको फुटबल प्रतियोगिताको विजयी जनप्रतिनिधि बनेका छन् । प्रेस सेन्टर नेपाल मनहरीले आयोजना गरेको खेलमा पत्रकारको टिमलाई ७–० अन्तरले पराजित गर्दै जनप्रतिनिधिले जित हासिल गरेको हो ।

मनहरी –७ रमौलीमा रहेको प्रस्तावित क्षेत्रीय मदन भण्डारी रंगशालामा भएको प्रतियोगिताको विजयी टिमलाई ४ किलोको लोकल कुखुराको भाले उपहार स्वरुप प्रदान गरिएको प्रेस सेन्टर नेपाल मनहरीका अध्यक्ष जयराम मुक्तानले जानकारी दिए ।

खेलमा पछिल्लो समय युवापुस्ता फुटबल खेलमा बढ्दै गएको आकर्षणलाई प्रवद्र्धन र मनहरीको परिचय बोकेको मदन भण्डारी रंगशालाको प्रचार –प्रसारमा सहयोग पुर्याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष मुक्तानले बताए ।

कार्यक्रम बागमती प्रदेशका निवर्तमान सांसद ओमबहादुर ग्लान, गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर (रेखा), वडा अध्यक्षहरु क्रमशः दीपेन्द्र अधिकारी, प्रकाश थापा, राजकुमार पाख्रिन, नारायाण उप्रेती, माओवादी केन्द्र मनहरीमा उपाध्यक्ष दिलबहादुर स्याङबो, नेपाली कांग्रेस मनहरीका सभापति प्रकाश बर्तौला, प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष अञ्जली थापा, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव शुभलक्ष्मी प्रभा, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य शिवकुमार रिजाल, तामाङ पत्रकार संघका केन्द्रिय सदस्य आदर्श सिं थोकरलगायतको सहभागिता रहेको थियो ।