समाचार
खोला तर्ने क्रममा १ जना बेपत्ता
दैलेख । दैलेखको आठबीस नगरपालिका–१ मा पर्ने चिने खोला तर्ने क्रममा १ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ बस्ने बर्ष ३२ को गम दमाई रहेका छन् । उनी घरदेखि रामाघाट बजार बजार जाने क्रममा वेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । खोलाले बगाई बेपत्ता भएको...
थप ११ जना कोरोना पुष्टि, देशभर ६२८ जना सक्रिय संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७३७ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोही अवधिमा ६८ जना निको भएको जनाएको छ । सो अवधिमा मृत्यु संख्या...
राप्रपाले टुंग्यायो निर्वाचनका लागि उम्मेदवारको नाम
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुबै निर्वाचनका लागि पठाएका करिब सात सय उम्मेदवारमध्येबाट प्रतिनिधि सभामा १६५ र प्रदेश सभामा ३३०...
निर्वाचन आयोग : उम्मेदवारी दर्ता गर्दा १८ वटा प्रतिबद्धतामा हस्ताक्षर गर्नुपर्ने
काठमाडौं । आइतबार हुने मनोनयन दर्ताका क्रममा उम्मेदवारहरुले १८ वटा प्रतिबद्धतामा हस्ताक्षर गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले तयार पारेको निर्देशिकामा मनोनयनसँगै स्वघोषणा पत्रमा पनि हस्ताक्षर गर्नुपर्ने उल्लेख गरिएको छ । स्वघोषणा पत्रमा विभिन्न १८ वटा विषयवस्तु समावेश छन् । उम्मेदवारले मनोनयन पत्रका साथमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको...
२० किलोग्राम चरेससहित ३ जना पक्राउ
रौतहट । बारास्थित सशस्त्र प्रहरी गस्ती टोलीले एउटा अटो रिक्साबाट अवैध लागूऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज नगवा टोलका ३० वर्षीय मुकेश श्रीवास्तब, वीरगन्ज छपकैयाका वर्ष १६ का मुस्तुफा देवान र अटो चालक बारा महागढिमाई नगरपालिका १ का वर्ष ३७ का मुस्ताज देवान रहेका...
कांग्रेसले यो वर्षको चियापान कार्यक्रम नगर्ने
काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष दसैंको अवसरमा गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूपर्णमाको दिन दसैंको अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै असोज २३ गते कोजाग्रत...
बारा बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १८ पुग्यो
मकवानपुर । बाराको ३ नम्बर पुलमा बिहीबार बिहान भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकामध्ये थप दुई जनाको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १८ जना पुगेको हो । उपचारका क्रममा बिहीबार राती मृत्यु हुनेहरुमा क्रमशः पर्सा सखुवाप्रसौनी गाउँपालिका–६...
आज दसैंको टीकाको तेस्रो दिन
मकवानपुर । आज दसैंको टीकाको तेस्रो दिन मान्यजनको हातबाट टीका ग्रहण गर्ने क्रम जारी छ । मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्म...
यस्तो छ आजको मौसम
काठमाडौं । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिँउसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
बारा बस दुर्घटना: मृतक र घाइतेका परिवारलाई राहत दिन पूर्वमन्त्री ढकालको आग्रह
मकवानपुर । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बाराको जीतपुर–सिमरा स्थित सडकखण्डमा विहिबार विहान भएको बस दुर्घटनामा ठूलो सङ्ख्यामा धनजनको क्षति भएको घटनाले आफुलाई स्तब्ध बनाएको जनाएका छन् । अध्यक्ष ढकालले दुर्घटनामा परी ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे । उनले घाइतेहरुको शीघ्र...










