२० किलोग्राम चरेससहित ३ जना पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन २१, शुक्रबार १४:२०
सांकेतिक तस्बिर

रौतहट । बारास्थित सशस्त्र प्रहरी गस्ती टोलीले एउटा अटो रिक्साबाट अवैध लागूऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज नगवा टोलका ३० वर्षीय मुकेश श्रीवास्तब, वीरगन्ज छपकैयाका वर्ष १६ का मुस्तुफा देवान र अटो चालक बारा महागढिमाई नगरपालिका १ का वर्ष ३७ का मुस्ताज देवान रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी १२ नम्बर हेक्वा मातहत बारा बेनौली सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको टोलीले आज बिहान पचरौता नगरपालिका ७ स्थित ना १ ह ६२३४ नम्बरको अटो चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको चरेश बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको जनाएको हो ।

पक्राउ गरेका उनीहरुलाई बरामद चरेश र अटोसहित तिनै जनालाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरी लाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बाराले जनाएको छ ।