समाचार
आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको उम्मेदवारी दर्ता हुँदै
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदैछ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ । देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ...
कमल थापा सुर्य चिन्हबाट चुनाव लड्ने, रानाको टिकट खोसियो
मकवानपुर । नेकपा एमालेले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा रामेश्वर रानाको टिकट खासेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने भएको छ । मकवानपुर क्षेत्र नम्वर १ मा सुर्य चिन्हबाट चुनाव लड्ने गरी थापाले टिकट पाएको राप्रपा नेपालका महामन्त्री राजाराम वर्तौलाले जानकारी दिए ।...
मकवानपुरमा एकैदिन १३७ जनामा डेंगु संक्रमण पुष्टि, सबैभन्दा धेरै हेटौंडामा
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १३७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ ८३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, मकवानपुरगढी गाउँपालिकाका ३ जना, मनहरी गाउँपालिकाका ४७ जना, भीमफेदी गाउँपालिकाका एक...
१ लाख २४ हजार उम्मेदवार कालोसूचीमा
काठमाडौं । निर्वाचन आयोगले खर्च विवरण नबुझाउने स्थानीय तह निर्वाचनका झण्डै १ लाख २४ हजार उम्मेदवारलाई कालोसूचीमा राखेको छ । आयोगले खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ उम्मेदवारलाई साढे सात लाखसम्म जरिवाना गर्ने निर्णय गरेको थियो । आयोग स्रोतका अनुसार, उनीहरुको नाम सिस्टममै ब्लक गरिएको छ ।...
जीप दुर्घटमा परेर चार जना घाइते
सुर्खेत । सुर्खेतको बराहतालको हल्दु भन्ने ठाउँमा मा फोर्स गाडी दुर्घटना परेर चार जना घाइते भएका छन् । कालिकोटबाट वीरेन्द्रनगर आउँदै गरेको लु २ ख ५००० नम्बरको उक्त फोर्स अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा दैलेखको दुल्लु नगरपालिका–३ का २९...
निर्वाचन आयोग : मतदानका दिन सवारी साधन चल्न दिइने
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी संचालन गर्न दिने तयारी भएको छ । निर्वाचन आयोगले शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यो वर्षदेखि मतदानका दिन सवारी चलाउन दिन लागेको जानकारी दिए । मतदानका दिन सवारी...
कांग्रेसले प्रतिनिधि सभातर्फ ६० निर्वाचन क्षेत्रमा टुंग्यायो उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ६० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार राति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले ६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको एक पदाधिकारीले जानकारी दिए । ती पदाधिकारीका अनुसार केही क्षेत्रमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले आफू निकट नेतालाई टिकट दिन...
मकवानपुरमा मोक्तान र पुलामीले पाए टिकट
मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मकवानपुरमा उम्मेदवार तय गरेको छ । गठबन्धनमा मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्वर १ को (क) र प्रतिनिधि सभा क्षेत्र नम्वर २ को (क) माओवादीको भागमा परेको थियो । यी दुवै क्षेत्रमा माओवादीले उम्मेदवार तय...
मधेश प्रदेशमा भोलि सार्वजनिक विदा
काठमाडौँ । मधेश प्रदेश सरकारले भोलि असोज २३ गते सार्वजनिक विदा दिने भएको छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए । उनका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८...
जुम्लामा पहिरोमा परी ७ जनाको मृत्यु
काठमाडौँ । अविरल वर्षाका कारण जुम्लामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले पुरिँदा ७ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५...








