मधेश प्रदेशमा भोलि सार्वजनिक विदा

काठमाडौँ । मधेश प्रदेश सरकारले भोलि असोज २३ गते सार्वजनिक विदा दिने भएको छ ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो ।