निर्वाचन आयोग : मतदानका दिन सवारी साधन चल्न दिइने
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी संचालन गर्न दिने तयारी भएको छ । निर्वाचन आयोगले शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यो वर्षदेखि मतदानका दिन सवारी चलाउन दिन लागेको जानकारी दिए ।
मतदानका दिन सवारी साधन नचल्दा ज्येष्ठ नागरिक लगायतका मतदातालाई मतदान स्थलसम्म पुग्न असुविधा भएकोले मापदण्ड अनुसार, सवारी चल्न दिइने उनले बताए । उनले यसका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी लगायतको कार्यदल बनाएको र सो कार्यदलले दिएको सुझावका आधारमा मतदानका दिन मापदण्डअनुसार सवारी चलाउन दिइने बताए ।
