समाचार

एमाले र जसपाबीच चुनावी तालमेल

काठमाडौँ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निवार्चनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच तालमेलको सहमति भएको छ । शनिबार एमाले महासचिव शंकर पोखरेलले दुई पार्टीबीच सहमति भएको जानकारी दिएका हुन् । दुई पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १४ जिल्लामा तालमेलको सहमति...

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

काठमाडौँ । स्वास्थ्य अवस्था प्रतिकुल बनेसँगै राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छिन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति उनी महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । उनको अवस्था अवस्थाबारे परिक्षण भइरहेको जनाइएको छ । भण्डारीलाई शुक्रबारदेखि रूघाखोकी र ज्वरो आएको हो...

भिरबाट लडेर मकवानपुरका राईको मृत्यु

मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर ६ घर भई हाल मनहरी–९ ससु्राली बस्नै आएका ४० वर्षीय मनोज राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राईको ससुराली घरबाट मापसे गरी आफुखसी निस्की हिडेका र अबेरसम्म नफर्किएपछी आफन्तले...

पहिरोका कारण त्रिभुवन राजपथको सडकखण्ड अवरुद्ध

मकवानपुर । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुख्खा पहिरो जाँदा सडकखण्डमा यातायात अवरुद्ध बनेको छ । उक्त सडकखण्ड अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ बाह्रघुम्तीमा माथिबाट सुख्खा पहिरो खस्दा यातायात अवरुद्ध बनेको प्रहरी चौकी भैसेले जनाएको छ । पहिरोका कारण हेटौंडाबाट पालुङ हुँदै काठमाडौंतर्फ जाने र काठमाडौंबाट...

मकवानपुरको भीमफेदीमा एक जनाको शव फेला

मकवानपुर । मकवानपुरको भीमफेदीमा आज बिहान एक जनाको शव फेला परेको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ माण्डुमा स्थानीय २६ वर्षीय सुबोद्ध वाईवाको शव झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार, उनको शव आफ्नै घरको दलिनमा आज बिहान झुण्डिएको अवस्थामा फेला...

लेक लागेर एक जनाको मृत्यु, एक बेपत्ता

लमजुङ । दसैंको समयमा लमजुङको ऐतिहासिक पर्यटकीय मेमेपोखरी घुम्न गएका एक जनाको मृत्यु भएको छ । लमजुङको बेंसीशहर नगरपालिका १०, साँधुका २६ वर्षीय दयासागर योन्जनको मृत्यु भएको हो । यस्तै, उनीसँगै यात्रा गरिरहेकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ भने बेपत्ता भएका छन् । सँगै गएका ५ जनामध्ये ३ जना...

डेंगु संक्रमणका कारण ४२ जनाको मृत्यु

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणका कारण हालसम्म ४२ जनाको मृत्यु भएको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु संक्रमणका कारण हालसमम ४२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, रोगको प्रकोप सातै प्रदेश अन्तरगतका ७६ जिल्लामा फैलिसकेको छ । हालसम्म ३२ हजार १२१...

दुर्घटना परेर दुई सशस्त्र प्रहरीको मृत्यु

दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दु्ई जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेहरुमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका–...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मध्य पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १ र मधेश प्रदेशमा आंशिक र बाँकी प्रदेशहरुमा सामान्य बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि...

बडादसैंको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौं । आज आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादसैंको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन् । यो क्रम भोलि पूर्णिमासम्म रहन्छ । आश्विन शुक्ल...