राष्ट्रपति भण्डारी अस्पताल भर्ना

तु खबर संवाददाता
२०७९ आश्विन २२, शनिबार १३:०५
file-photo

काठमाडौँ । स्वास्थ्य अवस्था प्रतिकुल बनेसँगै राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छिन् ।

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति उनी महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

उनको अवस्था अवस्थाबारे परिक्षण भइरहेको जनाइएको छ । भण्डारीलाई शुक्रबारदेखि रूघाखोकी र ज्वरो आएको हो ।