समाचार
बस दुर्घटना अपडेटः मृतक १७ जनाकै सनाखत, आफन्तले बुझे शव
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर–२२ स्थित सडकखण्डमा विहिबार विहान यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाकै सनाखत भएको छ । ज्यान गुमाउनेमा बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका निवासी १५ वर्षीय बालक...
राक्सिराङमा पहिरोले पुरिएर चेपाङको मृत्यु
मकवानपुर । मकवानपुरमा पहिरोले पुरिएर र खोलाले बगाउँदा दुर्इ जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका – ६ मागेनीमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ वर्षीय तोकबहादुर चेपाङ रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । प्रहरीका अनुसार लगातार परेको वर्षासँगै आएको पहिरोले...
बस दुर्घटनामा परी ज्यान गुमाएका १६ मध्ये १२ जनाको सनाखत
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्वर– २२ अमलेखगञ्जस्थित तीन नम्वर पुल नजिकैको खण्डमा विहान भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको सनाखत भएको छ । दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो । ४ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी...
३ नम्वर पुलमा यात्रुबाहक बस दुर्घटनाः १५ जनाको मृत्यु
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत बारा जिल्लाको अमलेखगञ्ज नजिकै तीन नम्वर पुलस्थित खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना पुरुष र ६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले जानकारी दिए । उनका अनुसार घटनास्थलमा १० जनाको...
आज विजया दशमी, ११:५१ बजे टीकाको उत्तम साइत
मकवानपुर । आज दसैंको मुख्य दिन, मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमारा लगाई विजयादशमी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको छ । घटस्थापनाका दिन दसैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी...
थापालाई अन्तर्राष्ट्रिय युवा नेतृत्व अवार्ड
दुबई । तीन वर्षदेखि सिजन मिडिया प्रालिले प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट ३४ जना सम्मानित भएका छन् । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ सिजन मिडियाले दुबईको याक एन यति क्लबमा शुक्रबार एक कार्यक्रमकाबीच प्रदान...
आज महानवमी पर्व मनाइँदै
मकवानपुर । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत...
हेटौंडामा बस दुर्घटनाः २ जनाको मृत्यु
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाई मन्दिर नजिकैको खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक –५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षका दिल्लीबहादुर दर्जी र मोरङको बेलबारी नगरपालिका– ८ बस्ने ५१ बर्षीय कल्पना राजवंशी रहेको रहेको...
बागमती प्रदेश प्रमुख शर्माले दिए शुभकामना
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बडादशैं, शुभ दिपावली, नेपाल संवत ११४३ र छठलगायत पर्वहरुको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । प्रमुख शर्माले आज मंगलबार शुभकामना सन्देशमार्फत नेपालीहरुको महान पर्व बडादशैं, तिहार, नेपाल सम्बत ११४२, छठ लगायत चाडपर्वका अवसरमा बागमती प्रदेशवासी तथा सम्पूर्ण नेपालीहरुमा सुख, समृद्घि,...
हेटौंडामा फुलपाती भित्र्याईयो
मकवानपुर । मकवानपुरको हेटौंडामा बडादसैंको उपलक्ष्यमा फुलपाती भित्र्याइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले हेटौंडा–२ स्थित बनस्खण्डी र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरमा आज बिहान धार्मिक विधि अनुसार फूलपाति भित्र्याइएको छ । सो फुलपाति लिन मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, हेटौंडा...








