बागमती प्रदेश प्रमुख शर्माले दिए शुभकामना

तु खबर संवाददाता
२०७९ आश्विन १६, आईतवार ११:०६
file-photo

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बडादशैं, शुभ दिपावली, नेपाल संवत ११४३ र छठलगायत पर्वहरुको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

प्रमुख शर्माले आज मंगलबार शुभकामना सन्देशमार्फत नेपालीहरुको महान पर्व बडादशैं, तिहार, नेपाल सम्बत ११४२, छठ लगायत चाडपर्वका अवसरमा बागमती प्रदेशवासी तथा सम्पूर्ण नेपालीहरुमा सुख, समृद्घि, शान्ति, सुस्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले हाम्रो परम्परा र मौलिकता बोकेका पर्वहरुले आपसमा एकता, सहिष्णुता अभिवृद्घि भई हाम्रो आपसी मेलमिलाप, सद्भोव र शान्तिलाई अझ प्रगाढ पार्दै लान सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

उनले भनिएको छ ,‘भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देशमा मनाइने मौलिक सांस्कृतिक पर्वहरुले एकता, भाइचारा र सहिष्णुता अभिवृद्धि गर्नेछ । आपसी मेलमिलाप एवम् सद्भाव अझ प्रगाढ बनाउन भूमिका खेल्नेछ । यी पर्वहरुले हामीलाई एउटै सुत्रमा बाँधेर सबल तथा समृद्ध राष्ट्र निर्माणमा अहम् भूमिका निर्वाह गर्नेछ ।’