समाचार
आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ...
नवरात्रको आज छैठौँ दिन कात्यायनी देवीको पूजा गरिँदै
काठमाडौं । नवरात्रको छैठौँ दिन आज नवदुर्गा मध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा अनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिएको हो । पुराणअनुसार कात्यायनको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक...
कांग्रेस हेटौंडा–१५ को आयोजनामा शुभकामना आदानप्रदान
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ ले शुक्रबार विजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम कांग्रेस हेटौंडा–१५ का सभापति नवराज घलानको सभाध्यक्षता एवम् कांग्रेस मकवानपुरका सचिव भिमसेन महतको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुख...
बागमती प्रदेशका प्रमुख राजमार्गमा ‘टाइम कार्ड’ लागू
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयले चाडपर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरणको उद्देश्यका साथ प्रदेशका मुख्य राजमार्गहरुमा टाइम कार्ड लागू गरिएको छ । चाडपर्वका बेला सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीब्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उल्ङ्घन समेत बढ्न गई दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले प्रदेश...
चाडपर्वमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिन निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन् । प्राधिकरणका उच्च तहका कर्मचारीलाई आज मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु बिदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा...
मोटरसाइकलको ठक्करबाट गिरीको मृत्यु
काठमाडौं । काठमाडौँको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२–०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नागार्जुनको उमागाउँ बस्ने ४० वर्षीय कृष्ण गिरी रहेका छन् । बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका...
आयल निगमले दसैँ विदामा पनि डिपो खुल्ला गर्ने
काठमाडौं । नेपाल आयल निगमले दसैँ विदाका समयमा आफ्ना सबै डिपोहरु खुल्ला गर्ने भएको छ । निगमले एक सूचना जारी गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैंको विदामा १३ डिपोहरु खुल्ला रहने जानकारी गराएका हुन् । दसैँमा सार्वजनिक विदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम...
देशभर डेंगु संक्रमणका कारण ३८ जनाको मृत्यु
काठमाडौं । नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यो तथ्यांक गत साउनयताको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, मन्त्रालयका अनुसार, डेंगु संक्रमित हुनेको संख्या २८ हजार १०९ पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३१...
थप ६३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर थप ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ५३५ जनामा गरिएको नमूना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो समयावधिमा १०३ जना संक्रमणमुक्र भएका छन् भने संक्रमणका कारण कुनै...
ट्रयाक्टरबाट खसेर मकवानपुरका युवकको मृत्यु
मकवानपुर । मकवानपुरमा शुक्रबार बिहान ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ५ तीनतल्लेमा ना ७ त ५०७२ नम्वरको खाली ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीय सुमन लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...










